प्लाष्टिक विक्रिवितरण रोक्न गोदावरी नगरको बजार अनुगमनमा निरन्तरता

अत्तरिया, १८ भदौ : गोदावरी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । सोमबारदेखि प्लाष्टिकजन्य वस्तुहरुको विक्रिवितरणमा रोक लगाएको भन्दै नगरपालिकाले सुरु गरेको बजार अनुगमन मंगलबार पनि निरन्तरता दिएको हो ।
प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी विधेयक २०८० बनाएको र सो विद्येयक अनुसार नै प्लाष्टिक जन्य वस्तुहरुको विक्रिवितरण रोक्ने भन्दै अनुगमन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जनाएका छन । सूचना जारी गरिएको भएपनि थप दुई दिन अनुगमन गरेर व्यापारीहरुलाई पुनः सचेत गराईएको उनले बताए ।
नगरपालिकालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउनका लागि कार्यविधि सहित अघि बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४० माईक्रोन भन्दा कमका प्लाष्टिक झोलाहरु, प्लाष्टिकबाट बनेका डिस्पोजल बस्तुहरु, होटलहरुमा प्याकेजिङका लागि प्रयोग गरिने प्लाष्टिकका सामानहरु लगायतका वस्तुहरुको प्रयोगमा निषेध लगाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.