अत्तरिया, १८ भदौ : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया पहाड रोडमा रहेको राधाकृष्ण मन्दिरमा लाईभ देउडा कार्यक्रम सम्पन्न भएको छ । बझाङ्गी सेवा समाज अत्तरियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न देउड्याहरुले आफ्नो प्रस्तुतिमा देउडा खेलाएको समाजका संस्थापक सदस्य नरेन्द्र खड्काले जानकारी दिए । मंगलबार तीज विशेष देउडा कार्यक्रममा अन्र्तगत लाईभ देउडा सम्पन्न गरिएको हो ।
सहभागि देउड्याहरुलाई सम्मान समेत गरेको हो । कार्यक्रममा निर्मला कार्की, विर्ख सायमी, पदमराज जोशी, ममता धामी, टीका साउँद ‘सानी’ दानबहादुर अयडी, लगायतले लाईभ देउडामा सहभागि जनाएका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए । समाजका अध्यक्ष झलक अयडीको सभापतित्वमा भएको हो । कार्यक्रममा विभिन्न ठाउँबाट देउडा खेल्न पुगेका थिए ।
सम्बन्धित पाेस्टहरु