अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । रेडक्रसको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाले कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रस उपशाखा अत्तरियाका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनले उक्त संकलन भएको रगत रेडक्रस कैलालीलाई हस्तान्तरण गरिएको बताए ।
सम्बन्धित पाेस्टहरु