Agni Offset Press

सुदूरपश्चिम प्रदेशको बजेट आउन ढीलाई हुँदै, कार्यक्रमहरु प्रभावित

Aarati simant

अत्तरिया : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेट ल्याउन केही समय लाग्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले २१ भदौभित्र बजेट ल्याउने भने पनि आर्थिक मामिला मन्त्री थापाले तयारी नपुगेका कारण ढिला हुन सक्ने बताए ।
अघिल्लो सरकारले प्रदेशसभामा पेश गरेको बजेटका कार्यक्रम परिमार्जन र पुनरावलोकन गर्नुपर्ने भएकाले मन्त्रालयहरुले निर्धारित समयमा कार्यक्रम पेश गर्न सकेका छैनन् ।
‘मन्त्रालयगत छलफल चलिरहेको छ । २२ गतेसम्म सबै मन्त्रालयको छलफल सकिन्छ होला । त्यसपछि २र३ दिन तयारीका लागि हाम्रो मन्त्रालयलाई समय चाहिन्छ’, मन्त्री थापाले भने, ‘त्यसपछि छिट्टै बजेट ल्याउने प्रक्रियामा पुग्छौं ।’ एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकारले गत १ असारमा प्रदेशसभामा पेश गरेको बजेट पारित नहुँदै सरकार फेरिएको थियो ।

कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट नै परिमार्जन गर्न खोजेको छ । आर्थिक मामिलामन्त्री थापाले बजेटको आकार भने पहिलेकै हाराहारीमा रहने उल्लेख गरे । सोडारी नेतृत्वको सरकारले गत असार १ गते ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो । सरकारले बजेट शून्यताको अवस्था अन्त्य गर्न २४ साउनमा राजश्व संकलनसम्बन्धी सामयिक कर अध्यादेश २०८१ ल्याएको थियो । बजेट आउन ढीलाई हुँदा प्रदेशका कार्यक्रमहरु प्रभावित भएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.