Agni Offset Press

गोदावरी नगरले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियान सेभहाउसमा मनायो

Aarati simant

अत्तरिया, २० भदौ : कैलालीको गोदावरी नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध १८ औं राष्ट्रिय दिवसको अवसरमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा विविध कार्यक्रम गरी मनाएको छ ।
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखि भाद्र २० गते देखि बालबालिका बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।
कार्यक्रममै ज्योति समुदायिक विकास सेवा नेपालले पनि बालबालिकालाई जनचेतना मुलक कार्यहरू सँगै फलफूल वितरण गरेको छ । नगरपालिकाले शैक्षिक सामग्री वितरण गरेको हो । गोदावरी नगरपालिकाले यस सेभहाउसमा रहेका बालबालिकाका आवश्यकता सँगै शिक्षा स्वास्थ्य पोषणका लागि संचालनका लागि बर्षेनी ५ लाख वितरण गर्दै आएको जानकारी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीले बताएकी छन ।
“तिनै तहका सरकारको प्रतिवद्धता मानव वेचविखन विरुद्ध सबैको एक्यबद्धता” भन्ने मूल नाराका साथ संचालित अभियानमा गोदावरी नगरपालिकाकी उप–प्रमुख शारदा देवि रोकायाको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट, नगर प्रवक्ता गोपालदत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भूल, ज्योति समुदायिक विकास सेवा नेपालका प्रतिनिधि, इप्रका मालाखेतीका प्रहरी लगायत महिला शाखा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
इप्रका मालाखेतीका इन्स्पेक्टर दानसिंह भण्डारीले सेभ हाउसमा रहेका बालबालिका तथा अन्य हरुलाई जनचेतना मूलक भनाइ एबं पछिल्लो समयमा गोदावरीको नगर पालिका भित्र मानव बेचबिखन के कति र कसरी हुने गरेको जानकारी दिए ।
गोदावरी नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा आयोजित कार्यक्रममा सेभहाउसका बालबालिकालाई खाजा तथा सँगै अन्य क्रियाकलाप गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टका अनुसार मानब बेचबिखन तथा ओसारपसार बालबालिकालाई ललाई फकाई तेस्रो मुलुकसम्म पुर्याएको देख्दा नेपालमा मात्र नभएर विश्वका धेरै मुलुकमा यस्ता समस्या रहेको बताएका छन, अहिले हाम्रो पालिका भित्र पनि सहयोगी संस्था तथा नेपाल प्रहरीले गरेको कार्यप्रति आफू प्रशन्न रहेको बताए ।
यस्तैगरी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकायाले सुदूरपश्चिम प्रदेशको ब्यापारिक तथा सबैको पाईकपर्ने ठाउँमा अनौतिक क्रियाकलापलाई रोक्नका लागि दैनिक जसो नेपाल प्रहरीले उत्कृष्ठ काम गर्दै गरेको बताएकी छन । मानब बेचबिखन तथा देह ब्यापारमा अत्तरियाका विभिन्न ठाउँमा अखडा बनाई रहेको अवस्थामा अहिलेको डिएसपीको टिमले कडाई गरेकोमा आफू उहाँहरुको कामप्रति खुशी रहेको बताइन ।
हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले विभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्णरुपमा सफल हुन सकेको छैन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.