फेसबुकले माफी माग्दै फिर्ता गर्‍यो मेयर बालेनको पोस्ट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफुले रिभ्यु रिक्वेष्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको जानकारी दिएका छन् ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले घरेलु बालश्रम सम्बन्धी स्टाटस लेखेका थिए । फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि शहको पोष्ट हटाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.