नेपाल ट्रेड युनियन कांग्रेस कैलाली द्वारा सिपमुलक तालिम संचालन

अत्तरिया : नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले धनगढीका विपन्न श्रमिक परिवारलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम संचालन गरेको छ । श्रमिक परिवारलाई सिपको माध्यम द्वारा आत्मनिर्भर वनाउन कांग्रेसले १५ दिने तरकारी खेती र ३ महिने हेयरकटिङ् तालिम संचालन गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्यि समिति र जापानको श्रमिक संगठनको सहयोगमा आईतबारदेखि धनगढी १७ को पथरी र ७ को मनेहरामा तालिम दिएको हो । तरकारि खेतीमा २० र हेयरकटिङ् तालिममा १० जनाको सहभागिता रहेको नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरतबहादुर स्वाँरले बताए ।

तरकारी खेतिको लागी प्रशिक्षक कृषिविज्ञ रामचरण चौधरी र हेयरकटिङ् तालिमको लागी प्रशिक्षक गोपाल चौधरी रहेका छन । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नोपली कांग्रेसका केन्द्रिय सदस्य नृपबहादुर ओड, विशिष्ट अतिथिमा नेपाल ट्रेड युनियन कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह रहेका थिए ।
स्वागत मन्तब्य नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका उपाध्यक्ष मोती कुँवरले गरेका थिए । धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष माधब राना र नेपाल पर्यटन होटल श्रमिक संघका केन्द्रिय सदस्य हर्ष राना ,नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका वरिष्ठ उपाध्यक्ष तेजराज भट्टले मन्तब्य राखेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका सचिव डवल बमले संचालन गरेको सो कार्यक्रममा सभापति नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरत बहादुर स्वाँर रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.