अत्तरिया, २६ भदौ : कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।
बुधबार मात्र उपमहानगरपालिकाभित्र छनोट भएका नमुना विद्यालयका बालबालिकाका लागि नवजीवन सहकारी संस्था लिमिटेडले पनि सहयोग गरेको हो । बालबालिकाको पोशाकका लागि नवजीवन सहकारीले नगरप्रमुख शैक्षिक सुधार कोषलाई २ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ ।
४० जना बालबालिकाका लागि सो सहकारीले नगरप्रमुख गोपाल हमाललाई २ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । अहिलेसम्म धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा ५७ लाख ३ हजार २५० रुपैयाँ जम्मा भइसकेको उपमहानगरपालकाले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु