अत्तरियाको एक होटलबाट साहु सहित समातिए एक जोडी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका २ अत्तरियास्थित दार्चुला सोहन होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन् ।
सो होटेलमा अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालकसहित एक महिला र दुई जना पुरुषलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.