अत्तरिया : नेपाल राष्ट्र ब्याङ्कले यसपालि दशैँ र तिहारका लागि नयाँ नोट वितरण नगर्ने बताएपछि त्यसबारे विभिन्न तर्कवितर्क सुरु भएको छ ।
राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा. भागवत् आचार्यका अनुसार यसपालि नयाँ नोटको सट्टा ’सुकिला’ नोट उपलब्ध गराउने निर्णय भएको छ । केन्द्रीय ब्याङ्कको निर्णयप्रति खास गरी सामाजिक सञ्जालमा कतिपयले असन्तुष्टि जनाएका छन् भने कतिपयले सकारात्मक कदम भनेका छन् ।
तर एक भूतपूर्व गभर्नरले राष्ट्र ब्याङ्कको पछिल्लो निर्णय “अग्रगामी” भएको प्रतिक्रिया दिएका छन् । विगतमा केन्द्रीय ब्याङ्कले प्रमुख चाडबाडका बेला सर्वसाधारणलाई अर्बौँ रुपैयाँबराबरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो ।
राष्ट्र ब्याङ्कस्थित अधिकारीहरूले विगतदेखि चल्दै आएको अभ्यासमा परिमार्जन गरिएको बताएका छन् ।
सम्बन्धित पाेस्टहरु