मानाङक सहकारी संस्थाको अध्यक्षमा पुनः वेदप्रकाश पाण्डे चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको मानाङक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बेदप्रकाश पाण्डेलाई चयन गरिएको छ ।

शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभा तथा ५ औं चुनावी सभाबाट संस्थाको सञ्चालक समितिको सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा जनकराज भट्टराईलाई चयन गरिएको छ यस अघि भट्टराई संस्था सञ्चालक समितिको सचिव रहेका थिए । यस्तै सचिवमा निरज कार्की, कोषाध्यक्षमा लक्ष्मीकुमारी भाट चयन भएका छन ।

यसैगरी संस्थाका सदस्यहरुमा गोविन्द विक, मिना देउवा, बालकृष्ण भट्टराई चयन भएका छन । यस्तै संस्थाको सुरज कुमार थापाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा आशिष भट्टराई र शंकरबहादुर कुँवर चयन भएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.