प्रतिपक्षको विरोधका बाबजुद सुदूरपश्चिमा साढे ३१ अर्वको बजेट प्रस्तुत

अत्तरिया : प्रतिपक्षको चर्को विरोधका बाबजुद सुदूरपश्चिममा दोस्रो पटक बजेट प्रस्तुत भएको छ । पहिलो पटक अथवा असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारका पालामा तत्कालिन आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रस्तुत गरेको बजेट पास हुन सकेको थिएन ।

उक्त बजेट पास नभएपनि साउन १ गतेदेखि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको थियो । सोमबार कमलबहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री बहादर सिह थापाले ३ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेका छन । चालुतर्फ १२ अर्व ८५ करोड ७४ लाख ४ हजार र पूँजीगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजारको बजेट प्रस्तुत गरिएको हो ।

चालुतर्फ १२ अर्व ८५ करोड ७४ लाख ४ हजार र पूँजीगत तर्फ १८ अर्व ७६ करोड २४ लाख २३ हजारको बजेट प्रस्तुत गरिएको हो ।

तर प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने काँग्रेस एमालेको सरकारले संविधान विपरित नयाँ बजेट ल्याउन लागेको आरोप लगाउदै संसद बहिस्कार गरेका थिए । ‘यो सरकारले संविधान विपरित बजेट ल्याएको छ । कुनै कानूनमा पनि दोस्रो पटक पूर्ण बजेट ल्याउने प्रावधान छैन, त्यसैले विधिको शासनका लागि हामीले विरोधर गरेका हौं’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने ।

प्रतिपक्षमा रहेका दलहरु बाहिरिएपछि कार्यतालिका अनुसार संसद अगाडि बढेको थियो । सोमबार प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट बक्तब्यसँग सम्बन्धित विनियोजन विधेयक २०८१ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ फिर्ता लिने र आर्थिक वर्ष २०८१\८२ को राजश्व तथा ब्ययको वार्षिक अनुमान (बजेट) परिवर्तित र परिमार्जन गरी सभामा प्रस्तुत गर्ने कार्यतालिका थियो ।

सदनको कारवाही प्रारम्भ हुने वित्तिकै माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले उभीएर विरोध गरेका थिए । सभामुख भीम बहादुर भण्डारीले आफ्ना कुरा राख्न मनुमति दिएपछि पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले बर्तमान सरकारले संविधान र ऐन कानून मिचेर नयाँ बजेट ल्याएकाले विरोध गरेको बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.