उज्यालो नगर अभियान : गोदावरी नगरमा हाइमास्ट लाईट जडान कार्य बढ्दै

अत्तरिया, १ असोज : कैलालीको गोदावरी नगरपालिका हाइमास्ट लाईट जडान गर्ने कार्य बढ्दै गएको छ । उज्यालो नगर बनाउने अभियान अन्र्तगत अत्तरिया बसपार्क, मालाखेती चोक, स्याउले बजार र लालपुर बजारमा हाइमास्ट लाइट जडान गरेको हो । हाइमास्ट लाईट बत्ती बलेसँगै सडक खण्ड झिलिमिलि भएको छ । यसले गर्दा रातिको समयमा अपराधिक क्रियाकलाप रोक्न सहयोग पुग्ने छ ।
मंगलबार मात्र पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया–दिपायल सडकखण्डको केन्द्र मानिएको स्याउले बजारमा हाइमास्ट लाइट जडान भएको हो । स्याउँलेमा स्थानीय ब्यापारीदेखि पैदल यात्रीको माग अनुसार समयमै काम सम्पन्न गर्नाले सबैलाई सहजता भएको नगर प्रमुख विरेन्द्र भट्टले बताए ।
यस बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवद्र्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न हाइमास्ट लाइट अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताए । यसै चोकको बीचमा सानो आकारको पार्क बनाएको र सडक दुर्घटनाको जोखिम कम गर्न रिफलेक्टर समेर राखिएको बनाएका छन ।
गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर मालाखेती चोक, अत्तरिया बसपार्क, लालपुरचोक लगायत ठाउँमा एकै साथ हाइमास्ट लाइट जडान गर्न सफल भएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.