गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू

अत्तरिया : सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ। बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो। बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ।

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ।

स्विकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.