अत्तरिया : कैलालीको कैलारी गाउँपालिका हसुलियामा बैंक तथा बित्तीय संस्थाका कर्मचारीले पालिकास्तरिय बि.एफ.सी क्लप गठन गरेको छ
मंगलबार एक भेला गदै कैलारी गाँउपालिकामा रहेका बित्तीय संस्थाका कर्मचारीले बि.एफ.सी क्लब नामक क्लब संचालनमा ल्याएको हो । भेलाले कैलारी गाँउपालिकामा रहेको हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लि. शाखा कार्यालय हसुलियाका शाखा प्रबन्धक युवराज जोशीको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको छ ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष बाधुराम चौधरी, उपाध्यक्षमा जगतबहादुर बोहरा, अर्का उपाध्यक्षमा अनिता थारु, सचिवमा जनकराज भट्ट, सह–सचिवमा मनोज तिमिल्सिना, कोषाध्यक्षमा पुष्पराज कडायत रहेका छन ।
त्यसैगरि तीन सदस्ययी सल्लाहकार समिति समेत गठन गरिएको छ जसको संयोजकमा कृषि विकास बैंक शाखा कार्यालय हसुलियाका शाखा प्रबन्धक नरेश अवस्थी त्यसैगरी सल्लाहकार समिति सदस्यमा पुष्पबहादुर रावल, कृष्णराज ओझा रहेका छन् ।
भेलाललाई सम्बोधन गदै एन.आई.सी एशिया बैक शाखा कार्यालय हसुलियाका शाखा प्रबन्धक तथा बि.एफ.सी क्लबका परिकल्पनाकार जगतबहादुर बोहराले उदेश्य माथि प्रकाश पादै कलबले बैक तथा बित्तीय क्षेत्रमा देखा परेका भ्रमलाई चिर्न, बित्तीय जागरण ल्याउन, सामाजिक कार्य गर्ने, बैक तथा बित्तीय संस्था संग सम्बन्धित एउटै क्षेत्रमा भएका तथा सरोकारवाला निकाय संग समन्वय तथा सहकार्य बढाउने कार्य गर्नका लागी क्लबको सुरुवात गरेको उल्लेख गरे ।
सम्बन्धित पाेस्टहरु