Agni Offset Press

हायसको ठक्कर दिँदा घाइते भएका देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

Aarati simant

अत्तरिया : देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा आज निधन भएको हो।

कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको आज बिहिवार निधन भएको छ। धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो।
उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन्। बोगटी डेउडा पारखी समेत हुन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.