अत्तरिया, ५ असोज : कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को मा रहेको काठेपुल क्षेत्र वरपर सरसफाई गरिएको छ । गोदावरी अस्थायी प्रहरी पोष्ट, ट्राफिक अस्थाई चेक पोष्टका प्रहरीहरु र स्थानीय ब्यावसायीहरुले काठेपुल क्षेत्र परपर सरसफाई गरिएको हो । सरसफाईमा चाहिने सामग्रीहरु झाडो, पन्जा लगायत अन्य बस्तु गोदावरी नगरपालिकाले उपलब्ध गरेको गोदावरी धाम विकास समितिका सचिव दिपेन्द्र अवस्थीले जानकारी दिए ।
गोदावरीको पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले काठे पुलमा समय समयमा झण्डा तथा डोकाहरु लगाउने क्रियाकलाप हुँदै गर्दा सरसफाईमा पनि ध्यान दिनुपर्ने भएकाले सबैको सहयोगमा सरसफाई गरेको अवस्थीले बताए । गोदावरी धाममा केही दिन अगाडि समेत सरसफाई गरेको थियो ।
सुदूरपश्चिम प्रदेशकै धार्मीक पर्यटकीय क्षेत्र भएकाले गोदावरी क्षेत्रमा हुने विभिन्न विकृतहरु रोक्न प्रदेश सरकार र स्थानीय सरकारले पहल चाल्नुपर्ने उनले बताए । साथै यस क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन ।
सम्बन्धित पाेस्टहरु