धनगढी विमानस्थलमा ढलेर गोदावरी घर भएका एक जनाको मृत्यु

अत्तरिया : धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका २ बस्ने ५० वर्षीय शेरबहादुर बोहराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुगाइएको तर, चिकित्सकले मृत घोषणा गरेको बताए । उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.