भारतमा ३० टुक्रा पारेर फ्रिजमा राखिएकी महिला नेपाली नभएको खुल्यो

अत्तरिया : आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा हत्या गरेर फ्रिजमा टुक्राटुक्रा पारेर नेपाली महिलाको शव राखिएको भन्दै सूचना आदानप्रदान भइरहेको छ ।
खासगरि कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा बस्नेहरुले महिलालाई टुक्रा पारेर फ्रिजमा राखिएको विभत्स तस्बिर शेयर गरिरहेको देखिन्छ । तर ती महिला नेपाली नभएको पत्ता लागेको छ । भारतीय पत्रिका न्यूज नेटवर्कमा सार्वजनिक समाचारअनुसार उनी भारतकै महिला हुन् । समाचारमा उल्लेख भएअनुसार महालक्ष्मी नाम गरेकी ती महिला नेलमंगालाकी हुन् । बैंलोरमा जन्मिएकी अन्दाजी २६ वर्षीय महालक्ष्मी उतै अध्ययन गर्दै आएकी थिइन् । विवाहित समेत गरिसकेकी उनी श्रीमानसँग छुट्टीएर बस्दै आएकी थिइन् । उनको १०–१५ दिन पहिले हत्या गरिएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.