टीकापुरमा प्रविधिक विश्व विद्यालयको भवन निर्माण हुँदै, प्रदेश सरकार द्वारा ५ करोड बजेट विनियोजन

अत्तरिया, ६ असोज : कैलालीको टीकापुरमा प्रविधिक विश्व विद्यालयको भवन निर्माण हुने भएको छ । टीकापुर नगरपालिकाले विश्व विद्यालयका लागि २२ विघा जमिन छुट्याएपछि यसपाली प्रदेश सरकारले भवन निर्माणका बजेट समेत विनियोजन गरेको हो ।

टीकापुरबाट प्रतिनिधित्व गर्ने सांसद ललिता सुनारले प्रविधिक विश्व विद्यालयका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको जानकारी दिईन् ।
‘टीकापुरमा विश्वविद्यालयका लागि अध्ययन भईसकेको छ’, सांसद सुनारले भनिन् । ‘यसपाली प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन भएको छ ।’ उनले प्रविधिक कलेज निर्माणमा सबैलाई सहयोग गर्न समेत आग्रह गरेकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.