
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आईतबार नै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो । रविलाई पनि जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन् ।
