गोदावरी आविष्कार केन्द्रलाई सर्वोत्तम पेन्ट्सका संस्थापक नवीन भट्टद्वारा आवश्यक पेन्ट सहयोग प्रदान

अत्तरिया : गोदावरी आविष्कार केन्द्रलाई सर्वोत्तम पेन्ट्स प्रा.लि.का संस्थापक तथा प्रबन्ध निर्देशक नवीन भट्टले पेन्ट सहयोग उपलब्ध गराएका छन् । यस सहयोग अन्तर्गत केन्द्रमा आवश्यकीय पेन्ट तथा अन्य सामग्रीहरु प्रदान गरिँदैछ, जसले अनुसन्धान तथा आविष्कार क्षेत्रमा केन्द्रको भौतिक पूर्वाधारलाई मजबुत बनाउने उद्देश्य राखेको छ ।

सर्वोत्तम पेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमको सहयोगलाई प्राथमिकता दिँदै आएको छ । गोदावरी आविष्कार केन्द्रले विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ, जहाँ विद्यार्थी तथा अनुसन्धानकर्तालाई विभिन्न स्रोत–साधन उपलब्ध गराएर उनीहरुको क्षमता विकासमा योगदान पुर्याउँदै आएको छ ।

केन्द्रका प्रतिनिधि किरण भट्टले पनि यस सहयोगको स्वागत गर्दै भने, “यो सहयोगले हाम्रो अनुसन्धानको दायरा अझै फराकिलो बनाउनेछ र हाम्रो भौतिक पूर्वाधारलाई सुधार गर्न महत्वपूर्ण हुनेछ ।“ यस सहयोगले आविष्कार केन्द्रको प्रयोगशालाहरू र कार्यक्षेत्रहरूलाई नयाँ रंगमा रंग्याउने मात्र नभई नविनतम प्रविधिहरूको खोजी तथा विकासमा अझ बढी उत्प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.