कञ्चनपुरमा वडाध्यक्ष कप क्रिकेटको उपाधि शुक्लाफाँटालाई

कञ्चनपुर, ३ कात्तिक :  कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ ।
शनिबार भएको फाइनलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो । ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले सात ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो ।
उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
विजेता र उपविजेतालाई एक कार्यक्रमकाबिच एमालेबाट प्रतिनिधिसभा सांसद तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरे । समापन समारोहमा कञ्चनपुर–१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फुटबल, भलिबल प्रतियोगिता हुनुपर्नेमा जोड दिए ।
लालझाडी गाउँपालिका–५ वडासँगको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागीता थियो । समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लो पटक नेपाली क्रिकेट टिमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.