छेडेदह गोल्डकपको उद्घाटन

बाजुरा : बाजुरामा सर्वाधिक धनराशीको छेडेदह गोल्डकप २०८१ को उद्घाटन गरिएको छ । छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको छेडेदह गोल्ड कपको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद पदमबहादुर शाहीले गरेका हुन् ।
खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरमा सुरु भएको गोल्डकपको शनिवार औपचारिक कार्यक्रमकाविच सांसद शाहीले उद्घाटन गरेको आयोजकले जानकारी दिएको छ ।
गोल्डकपमा १० भन्दा बढी टिम सहभागी छन् भने गोल्डकप कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । हरेक वर्ष दशैं तिहार बिशेष हुने फुटबल प्रतियोगिता यो वर्ष देखि गोल्डकपको रुपमा आयोजना हुदैँछ । छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ ।
छेडेदह स्पोर्टस् क्लवका कार्यबाहक अध्यक्ष लक्ष्मण वलीको अध्यक्षतामा सञ्चालन भएको छेडेदह गोल्डकप छैटौं संस्करण उद्घाटन समारोहमा प्रमुुख अतिथि प्रदेश सांसद पदमबहादुर शाही रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा सदस्य जुना दानी, अतिथिमा खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष बिशु नाथ, नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर वली, काँग्रेस जिल्ला सचिव तिलक पुरी, नेकपा एसका अध्यक्ष पुर रावत, त्रिबेणी नगरपालिका प्रमुख कर्ण थापा, उपप्रमुख कमला न्यौपाने, बुढिनन्दा नगरपालिका प्रमुख जनक बोहरा, बडिमालिका नगरपाालिका उपप्रमुख नन्दा थापा, गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा बाजुरा जिल्ला स्थित सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधीहरु रहेका थिए ।
कार्यक्रमको स्वागत छेडेदह गाउपालिका उपाध्यक्ष बिशु नाथले गरेकी थिइन् भने सञ्चालन क्लवका सचिव नरेश नाथले गरेका थिए । खप्तड छेडेदह गाउँपालिका ७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।
यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले संयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.