काठमाडौँ : सत्ता गठबन्धनका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।
एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत छन्। कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन्। प्रधानमन्त्री ओलीले यसअघि एमाले बैठकमा सरकार ढाल्ने खेल भइरहेको ब्रिफिङ गरेका थिए।