अत्तरिया : नेपाली काँग्रेस कैलालीका युवा नेता लोकराज पाण्डेय (आगो) लाई मातृशोक परेको छ । कैलालीको गोदावरी नगरपालिका अत्तरिया निवासी आगोको आमा लक्ष्मीदेवी पाण्डेयको ६२ वर्षको उमेरमा आज विहान भारतको राममुर्ति मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
उनको आजै मगंलबार विहान ११ बजे आफनै घर अत्तरिया देखि गोदावरी आर्यघाटसम्म सवयात्रा हुने परिवारले जनाएको छ ।