देउसीभैलोबाट संकलन भएको रकमबाट सेभ हाउसका बालबालिकालाई सहयोग

अत्तरिया : देउसी–भैलोबाट उठेको रकमबाट कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकालाई सहयोग गरिएको छ।

गौरीगंगा नगरपालिका–१ चौमालामा रहेको पीसी कम्प्युटर एण्ड इन्स्च्युटले देउसी–भैलो कार्यक्रमको आयोजना गरेर ३० हजार रुपैयाँ संकलन गरेको थियो। सो रकम बराबरको लुगाकपडा तथा खाद्यन्न खरिद गरेर सेभ हाउसमा आश्रित बालबालिकालाई हस्तान्तरण गरिएको छ।

विगतका वर्षजस्तै यसवर्ष पनि देउसी–भैलो कार्यक्रमको आयोजना गरेर संकलन भएको सो रकम बराबरको लुगाकपडा र खाद्यन्न खरिद गरेर सेभ हाउसमा आश्रित बालबालिकालाई हस्तान्तरण गरिएको पीसी कम्प्युटर एण्ड इन्स्टिच्युटका सञ्चालक प्रदेशु चौधरीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.