Agni Offset Press

धनगढीमा ब्याडमिन्टन प्रतियोगिता सुरु

Aarati simant

अत्तरिया : धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ॐ श्रीनगर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको ३ दिने प्रतियोगिताको सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी हुन्।
शुभ दीपावली तथा छठको अवसरमा यो ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबले जानकारी दिएको छ। कार्तिक २२ देखि २४ गतेसम्म धनगढी कभर्डहलमा उक्त प्रतियोगिता हुने क्लबका अध्यक्ष डाक्टर प्रेमप्रकाश रेग्मीले बताए।
ए लेभलमा राष्ट्रिय स्तरमा खेलेका खेलाडी सहभागी छन् भने विभागीय खेलाडीको पनि सहभागीता छ। प्रतियोगितामा देशभरिका विभिन्न शहरबाट १ सय ५६ जना खेलाडी सहभागी हुने छन्।
मेन्स ओपन डबल्सतर्फ २० र बी लेभलमा ५८ टिम सहभागी छन्। प्रतियोगितामा मेन्स ओपन डबल्समा प्रथम हुनेले १ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ५० हजार।नगद, ट्रफी र प्रमाणपत्र प्राप्त र तेस्रो हुनेले ३० हजार।नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा बी लेभल ओपन मेन्स डबल्समा प्रथम हुनेले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुनेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.