Agni Offset Press

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानूनको मस्यौदा बारे छलफल

Aarati simant

अत्तरिया, २३ कात्तिक : गोदावरी नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि स्थानीय कानुनको मस्यौदा उपर छलफल भएको छ । शुक्रबार नगरपालिकाले सेन्टर फर रिप्रोडक्टिभ राईट, एफ्.डब्लु.एल्डी, किएर नेपाल, ह्युमेनिटेरियन् पाट्र्नसिप प्ल्याटफर्म संगको सहकार्यमा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि स्थानीय कानुनको मस्यौदा उपर छलफल कार्यक्रमको आयोजना गरेको हो । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले संविधानमा उल्लेखित महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्नको निम्ति स्थानीय तहलाई आवश्यक पर्ने कानुन निर्माणको माग तय गर्दै थप सशक्त रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि बनाएको ऐनको मस्यौदा उपर छलफल गरेको बताए । उनले ऐनको मस्यौदालाई थप सशक्त बनाउन आवश्यक सल्लाह सुझाव सहित पालिकाको स्वास्थ्य शाखामा बु्झाउन सकिने बताए ।
नगरपालिकाका उप प्रमुख सारदा रोकायाले यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि बनाएको ऐनको मस्यौदालाई आवश्यक छलफल सहित कार्यपालिकाबाट पारित गर्ने बताए । महिलाहरुको स्तरवृद्धि सहित थप सशक्त बनाउनको निम्ति समुदायस्तरमा यौन तथा प्रजजन स्वास्थ्य अधिकार सम्वन्धि सचेतना अभिवृद्धि गर्न आवस्यक देखिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.