कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामग्री बरामद

अत्तरिया : कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ मिलन चोक, धनगढी–१८ थापाघाट, गोदावरी–४ भीमदत्त राजमार्ग वन्नदेवी मन्दिर नजिक, टीकापुर–९ ठोसे बजारको भित्री सडक खण्ड र जोशीपुर–३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ९५ हजार ४६० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.