अत्तरिया : धनगढीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट सोही ठाउँका ३२ वर्षीय होरीलाल राना र ३५ वर्षीय बिनोद रानालाइ अबैध काठ र गोरू गाडा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
अन्दाजी २३ हजार ४३७ मुल्य बराबरको सालको काठ प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको हो । उक्त अबैध काठ सहितको गोरु गाडा सहित दुबै जनालाइ आवश्यक कारवाहीको लागि वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु