अत्तरिया, २६ कात्तिक : कैलालीको गोदावरी नगरपालिका–४ को बास्कोटा–खैराना खानेपानी ट्याङ्की हँुदै बसन्तपुर सडक कालोपत्रे हुने भएको छ । कालोपत्रेका लागि सोमबार देखि प्रक्रिया सुरु भएको छ । गोदावरी नगरपालिका र सँघीय सरकारको ५०–५० प्रतिशत रकमको आर्थिक सहयोगमा बन्दै गरेको सडकको आज एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सुरुवात गरेका छन् । ३६ फिट चौडाई रहने गरी मेयर भट्टले नाली निर्माणका लागि शिलान्यास गरेका हुन ।
९ करोडमा ठेक्का आह्वान गरेको नगरपालिकाले बिडिङ हुँदै गर्दा ६.५ करोडमा ठेक्का प्रक्रियाबाट सडक तथा कल्भर्ट निर्माणको काम सुरु भएको हो । नाली निर्माणमा नापजाँचका त्रुटी एव् कम चौडाई देखिएकोले नाप नक्सा गरी ३६ फिट चौडाई राखि नाली सहित सडक कालोपत्रेको काम आजबाट बिधिबत अगाडि बढेको छ ।
कालोपत्रे सडक निर्माणको शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सँगै राष्ट्रिय योजना आयोगका सदस्य तथा बास्कोटा निवासी विजय कुँवर पूर्व, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, वडा अध्यक्ष हेमप्रकाश मल्ल सहित स्थानिय समाजसेवी, बुद्दीजिवी सहित स्थानीय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख भट्टले समयमा गरेका बाचाहरुलाई क्रमिक रुपमा अगाडि बढाउदै जादा पालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशतबाट निर्माण कार्य सुरु भएको छ । मेयर भट्टले बास्कोटा खैराना, बसन्तपुर विकास निर्माणका क्रममा विवाद नगरी काम अगाडि बढाउन सहयोग गरी दिन समेत आग्रह गरेका छन । शिलान्यास कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले सडक निर्माणका लागि काम बन्ने भएकोले सबैले यस ठाउँको विकासमा सहयोग गरी दिन समेत आग्रह गरे ।
शिलान्यास कार्यक्रममा गोदावरी–४ का पदमबहादुर वलायरले बास्कोटाको बाटोमा धुलाम्मे र हिलाम्मे भएर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरे । वलायरले काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । त्यस्तै स्थानीय दण्डी राज जोशीले बास्कोटा बासीको ठुलो सपनाको रुपमा रहेको उत्त बाटो कालोपत्रे हुने भएपछी आफुलाई खुसी लागेको बताए । शिलान्यास कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले साढे ६ करोडको योजना आफ्नो वडामा परेको भन्दै खुसी व्यत्त गरे ।
उत्त बाटो कालोपत्रे भएमा स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै उनले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । वडा नम्बर ४ भित्र धेरै विकटता रहेको बताउँदै भट्टले आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए ।
