रणनीतिक योजना अगाडि बढाउनुपर्छ: सभापति देउवा

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताएका छन् । सभापति देउवाको प्रमुख आतिथ्यमा बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा उनले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हु्न् । पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताए ।

सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनुपर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको कांग्रेस जिल्ला कार्य समिति डडेलधुराका सचिव हेमराज चटौतले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको बताएका थिए। बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको उनले बताए । कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.