अत्तरिया : कैलालीको गोदावरीबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया मनहरास्थित पीके होटल एण्ड लजबाट होटल संचालकसहित दुई पुरुष र एक महिला गरि तीन जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपरेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।