अत्तरिया, १ मंसिर : नेपाली काँग्रेसका युवा नेता लोकराज पाण्डेय ‘आगो’ को आमा स्व. लक्ष्मीदेवी पाण्डेयको १३ औँ पुण्य तिथिको अवसरमा शोकसभाको आयोजना गरिएको छ । शनिबार राष्ट्रिय लोक साँस्कृतिक प्रतिस्ठान आयोजनामा शोकसभा गरिएको हो । सभामा प्रतिष्ठानले समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।
शोक सभाको कार्याक्रममा संस्थाका अध्यक्ष लिलाधर बास्कोटा गरेका थिए । सभामा पुर्व अध्यक्ष सन्तबहादुर कार्की समाजिक व्यातित्व सावित्रा घिमिरे लगायतको उपस्थिति रहेको थियो । शोकशभामा त्यसैगरी सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानका कुलपति डा. टिन जोशीले समेच समवेदना पत्र हस्तान्तरण गरेका थिए ।
नेता आगोलाई समवेदना प्रकट गर्न काँग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु उनको घरमै पुगेका थिए ।
