सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री केपीशर्मा ओली आउने

अत्तरिया : सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलगायत महोत्सव आयोजक टीमले आइतबार निमन्त्रणा गरेका हुन् ।

सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक टीमले प्रधानमन्त्रीलगायत अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.