अत्तरिया : नेपाली काँग्रेस कैलालीका नेता लोकराज पाण्डेय ‘आगो’ को स्व. आमा लक्ष्मीदेवी पाण्डेयको शोकमा पृथ्वीनगर टोल बासिद्वारा शोकसभाको आयोजना गरिएको छ ।
शोक सभाको कार्यक्रममा टोलकाका सचिव बावुराम बलमपाकी र शेरबहादुर बिष्टको नेतृत्वमा अन्य जनसमुदायको उपस्थिति रहेको थियो । नेता आगोलाई समवेदना प्रकट गर्न काँग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गोदावरीका मेयरले भेटघाट गरेका थिए । यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत भेटेर समवेदना प्रर्कट गरेका छन् ।

यस्तैगरी नेता गगन थापा र शेखर कोईराला समबेदना सहितको पत्र दिएका हुन् ।
