अत्तरिया, ३ मंसिर : कैलालीको गोदावरीबाट ५० किलो अवैध माछा बरामद गरी नष्ट गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार गोदावरी–१ स्थित अत्तरिया–धनगढी ६ लेन सडक खण्डबाट आइतबार ५० किलो बेवारिसे माछा बरामद गरेको थियो ।
बरामद गरिएका करिब ६० हजार मुल्य बराबरका दुर्गन्धित माछा जनप्रतिनिधी र स्थानियको रोहवरमाआज नष्ट गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु