बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या

बझाङ : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन।

बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए। मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.