Agni Offset Press

कांग्रेस–एमाले सत्ता गठबन्धन ७ बुँदे सहमतिअनुसार अघि बढ्नुपर्छ : महर

Aarati simant

अत्तरिया  : कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन् । उनले कांग्रेस र एमालेको सत्ता गठबन्धन ७ बुँदे सहमतिअनुसार चल्नुपर्ने बताउँदै सरकारमा गरिरहेको सहयात्राको असर पार्टीलाई भने पर्न दिन नहुने बताए । पार्टीको १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा महरले आम निर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुने उपचुनाव मिनी चुनाव भएको भन्दै कांग्रेसले आफूलाई सक्षम साबित गर्न जितको विकल्प नभएको बताए।

‘मंसिर १६ को उपनिर्वाचन मिनी चुनाव हो । आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैन । कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ । कोही कतै चुक्नु हुँदैन । हामी चुकेनौं भने जित सुनिश्चित छ,’ उनले भने। पार्टीभित्रका आन्तरिक विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको १०० दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको उनको भनाइ छ । उपनिर्वाचनको परिणामले १०० दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताए । ‘कांग्रेसबाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए । हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्नमै बित्यो । नयाँ राजनीतिक शक्तिको रूप उदय हुँदा नै उदांगो भइसकेको छ । हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं,’ उनले भने, ‘अब कांग्रेसले जित्नुको विकल्प छैन । राजनीतिक स्थिरता कायममा ठूलो भूमिका खेलेको कांग्रेस अब जनताको विकास र समृद्धिको अभीष्ट पूरा गर्न केन्द्रीत हुनुपर्छ ।’

पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ । सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । ‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो । सहमति अनुरूप कति काम भए–भएनन् रु बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अगाडि बढ्नुपर्छ । सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नु हुँदैन,’ उनले भने ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.