Agni Offset Press

बझाङ र बाजुरामा पेट्रोल पम्प खुल्ने

Aarati simant

काठमाडौँ : नेपाल आयल निगमले सुदूरपश्चिमका दुई जिल्लामा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले बझाङ र बाजुरामा पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यी दुई जिल्लामा पेट्रोल पम्प नहुँदा बोटल÷बोटलमार्फत इन्धन बिक्री हुँदै आइरहेको छ  । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले दुई जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए । पम्प सञ्चालनका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा स्पष्ट व्यवस्था गरिएको छ । अहिले प्राथमिकतामा परेका दुई जिल्लाको हकमा ‘ग’ वर्गका पम्प सञ्चालनको अनुमति दिइनेछ । विनियमावलीअनुसार ‘ग’ वर्गका पम्प सञ्चालन गर्न जग्गाको क्षेत्रफल कम्तीमा १२०० वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी ६ आना (पहाडी भेग) भई सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्छ ।

बिक्री स्थल हाताभित्र विभिन्न सुविधायुक्त मास्टरप्लान नक्साबमोजिम कम्तीमा ७६ वर्ग मिटर ‘प्लिन्थ क्षेत्रफल’ को पक्की बिक्री कक्ष भवन निर्माण गरेको हुनुपर्छ । प्रस्तावित बिक्रीस्थलको राजमार्गको ‘क्यारेज वे’ देखि ‘एप्रोच यार्ड’ तथा पार्किङ स्थलको पेभमेन्ट ब्याकटप कंक्रिट वा इन्टरलकिङ कंक्रिट टायलले फिनिसिङ गरेको हुनुपर्छ ।

अन्डरग्राउन्ड स्टोरेज टैंक र शौचालय बीचमा राजमार्गबाट नदेखिने गरी २ मिटर अग्लो स्क्रिन वाल निर्माण लगायत पूर्वाधार बनाउनुपर्छ । यी बाहेक सिमानाको पर्खाल, रिफ्युलिङ जोनको सेड, सर्फेस ड्रेनेज, स्क्रिन वाल, वफर स्ट्राइप, डिस्पेन्सिङ पम्प जडानलगायतको पूर्वाधार पनि तयार गर्नुपर्ने निगमले जनाएको छ । यी पूर्वाधार पूरा गर्न सक्नेले पम्प सञ्चालन गर्न इजाजत पाउने निगमको भनाइ छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.