कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर

धनगढी : कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी धरणीधर भट्ट टीयु टपर बनेका छन् । भट्टले स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालय टप गरेका हुन् ।

भट्टले पहिलो सेमेस्टरमा ३ दशमलव ८८ जिपिए ल्याएका थिए भने दोस्रो सेमेस्टरमा ३ दशमलव ९६, तेस्रो सेमेस्टरमा ३ दशमलव ९८, चौथो सेमेस्टरमा ३ दशमलव ९९, पाँचौ सेमेस्टरमा ३ दशमलव ९४, छैटौँ सेमेस्टरमा ३ दशमलव ९६, सातौँ सेमेस्टरमा ३ दशमलव ८९ तथा आठौँ सेमेस्टरमा ३ दशमलव ९८ जिपिए ल्याउदै ओैसत ३ दशमलव ९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा प्रथम स्थानमा प्रथम भएको कैलाली बहुमुखी क्याम्पसले जनाएको छ ।

डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन् । उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परिक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन् । भट्टले आफ्नो सफलताको श्रेय आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पसलाई दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.