धनगढीमा कांग्रेस सभापति देउवाको निवास अगाडि बम राख्ने एक जना पक्राउ

अत्तरिया : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो। सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.