कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

कञ्चनपुर : कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्यागरेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ज्योतीको घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ। ज्योतीका श्रीमानलाइ नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.