अत्तरिया, १६ मंसिर : कैलालीको गोदावरी नगरपालिकामा मंगलबार देखी नगरस्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता हुँदैछ । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु हुन गइरहेको हो । नगरस्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता संयोजक शिवराज भट्टराईले नगरका २२ सामुदायीक र संस्थागत २३ गरी ४५ विद्यालयले सहभागी जनाउने भएको साथै प्रतियोगिता ३३ खेलमा प्रतिस्पर्धा गराइने बताए । विद्यालय २ हजार भन्दा बढी खेलाडीहरुले सहभागीता रहने भएको र प्रतियोगिताको खेल विधामा हरेक खेलमा १\१ संयोजक समेत तोकिने संयोजक भट्टराईले बताए ।
रनिङ सिल्ड प्रतियोगिता १८ गते देखि सुरु भई २१ गते सम्म संचालन हुने भएको छ । प्रतियोगिताका खेलहरु भने अन्य बिद्यालयमा पनि खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३३ वटा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने जनाएको छ ।
प्रत्येक विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराई बताए । प्रतियोगिता संयोजक भट्टराई प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा साथै हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए ।
सम्बन्धित पाेस्टहरु