Agni Offset Press

विकासका कार्यमा सहकार्य आवश्यक छ : नगर प्रमुख भट्ट

Aarati simant

अत्तरिया, १८ मंसिर : कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार देखि संचालन भएको प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ७ जमुनानगरको दुर्गा भवानी माध्यमिक विद्यालयमा भइरहेको हो ।
प्रतियोगिताको नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले प्रतियोगितामा एक अर्कालाई सहयोग गरेर निष्पक्षताका साथ खेलाईने विश्वास रहेको बताए । शान्तिपूर्ण रुपमा रनिङ् सिल्ड प्रतियोगिता सम्पन्न हुने विश्वास रहेको उनले बताए ।
‘नागरिकहरुको जीवनसंग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्यलाई नगरले पहिलो प्राथमिकता दिएर अगाडि बढेको छौ’ उलले भने । ‘शिक्षा सबैको भविष्य हो । हामीले शिक्षा नै आर्जन गर्न सकेनौँ भने हाम्रो जीवन सफलताका साथ अगाडि बढ्न पाउदैन तसर्थ नगरले शिक्षाको क्षेत्रमा प्रयास गरेको साथै सफल भएको छौँ ।’ उनले शिक्षा क्षेत्रमा सुधारका निम्ति धेरै विद्यार्थी भएको विद्यालयमा शिक्षकको कमी रहेको र धेरै शिक्षक भएको विद्यालयमा विद्यार्थीको कमी रहेको कारण असहजता नहोस् भन्ने उद्देश्यका साथ बालविकास सोही विद्यालय रहने गरी विद्यालयको समायोजन गरेको बताए ।
समग्र क्षेत्रको विकासको निमित्त जन निर्वाचित प्रतिनिधिले मात्र केही पर्न गर्न नसक्ने साथै यसमा सबै क्षेत्रबाट हातेमालो हुन आवश्यक रहेको बताए । ‘यदि वास्तवमा समाजको रूपान्तरण गर्ने हो । यसमा एक अर्कालाई सकारात्मक सोचले बुझ्न जरुरी छ र स्वास्थ्य शिक्षा लगायत विकासको कार्यमा सहकार्य आवशयक छ’, उनले भने । कुन विद्यालयको क्षेत्रमा कुन तहको शिक्षक कुन विद्यालयमा आवश्यक पर्छ यसमा गोदावरी नगरपालिका लागीपर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
यस्तै नगर स्तरीय राष्ट्रपती रनिङ् सिल्ड प्रतियोगिता संयोजक शिवराज भट्टराईले नगरका २२ सामुदायीक र संस्थागत २३ गरी ४५ विद्यालयले सहभागी रहेको साथै प्रतियोगीतामा ३३ वटा खेलमा प्रतिस्पर्धा गराइरहेको बताए । विद्यालय २ हजार ३ सय भन्दा बढी खेलाडीहरुले सहभागी रहेका र प्रतियोगिताको खेल विधामा हरेक खेलमा १\१ संयोजक समेत रहेको संयोजक भट्टराईले बताए ।
रनिङ सिल्ड प्रतियोगिता यहि मंसिर २१ गते सम्म संचालन हुने भएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेलमा खेलाडीहरूलाई सहभागी गरिएको छ । भने प्रत्येक विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पआयोजकले जनाएको छ ।
प्रतियोगिता संयोजक भटराई प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा साथै हेल्थ डेस्कको पनि व्यवस्था रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.