स्वेच्छिक अवकास लिने शिक्षकलाई गोदावरी नगरपालिकाद्वारा सम्मान सहित २ लाख रकम दिदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षक लाई २ लाख बढी रुपैयाँ दिने भएको छ । नगरपालिकाले स्थायी सेवा अवधि २० वर्ष पूरा भएको\नभएको र ५५ वर्ष उमेर पूरा भएका शिक्षकले अवकाश लिएमा सो रकम दिने निर्णय गरेको हो ।

१५ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा समय अवधि नपुगेका तथा स्वेच्छिक अवकास लिन चाहानेहरुलाई नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट, शिक्षा शााखा प्रमुख प्रयाग राज जोशी, बिश्नु अवस्थी सहितले फुलमाला, अविर, दोसल्ला सहित प्रमाण पत्रले सम्मान गरेको हो । नगद रकम शिक्षकर शिक्षिकाको खातामा हाली दिने शिक्षा शाखाले जनाएको छ ।

गोदावरी नगरपालिका शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ संशोधन सहित दफा ४ (क) मा भएको बालबिकास सहजकर्ता शिक्षक स्वेच्छिक अवकास सम्बन्धी व्यवस्थामा भएको मापदण्ड बमोजिम यस आर्थिक वर्षमा स्वेच्छिक अवकासमा जान इच्छुक बालबिकास सहजकर्ताहरुका लागि मिति २०८१-०४-३१ मा प्रकाशित सूचना अनुसार मंगलबार ७ जना शिक्षिकाहरुलाई बिदाई सँगै सम्मान गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.