Agni Offset Press

गोदावरी नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित विदाई

Aarati simant

अत्तरिया, २० मंसिर : कैलालीको गोदावरी नगरपालिकाले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । बिहीबार विशेष सम्मान सहित ३ जना स्वयंसेविकालाई बिदाइ गरेको हो । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने ३९ जना स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, नगरपालिकाले ३० वर्ष सेवा पूरा गरेका स्वयंसेविकालाई प्रत्येक वर्ष नगद ५० हजारसहित सम्मान गर्दै आएको छ । यस वर्ष वडा नम्बर ८ की तुलसी चौधरी, वडा नम्बर ११ की भगवतीदेवी कुजेंडा, र वडा नम्बर ९ की उखाहरण देवी राना थारुलाई सम्मानस्वरूप नगद, प्रमाणपत्र र ५० हजार चेक हस्तान्तरण गरिएको हो । पालिका भित्र उत्कृष्ठ काम गरेका प्रत्येक वडाका ३ जना गरी ३६ जना महिला स्वयंसेविकालाई नगद सहित सम्मान गरेको छ ।
विदाइ तथा सम्मान समारोहमा नगरप्रमुख विरेन्द्र भट्टले ग्रामीण क्षेत्रमा सुत्केरी, बिरामी महिला र बालबालिकाको सेवामा क्रियाशील स्वयंसेविकाहरूले राज्यका लागि अमूल्य योगदान दिएको बताए । उनले भने, स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्छन् । लामो समयसम्म निःस्वार्थ सेवा पु¥याएकोमा उनीहरूको योगदानको उच्च कदर गर्न पाउँदा खुसी लागेको छ ।’
नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले सीमित स्रोतसाधनको अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्दै जाने क्रममा स्वयंसेविकालाई आगामी दिनमा प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले भने, पालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिंदै ग्रामीण क्षेत्रका महिला र बालबालिकालाई सेवा पु¥याउने उद्देश्यमा काम गर्दै आएको छ । स्वयंसेविकाहरूको कार्यले पालिकाभर सकारात्मक प्रभाव पारेको छ ।’

 ३० वर्षे सेवा पु-याएकालाई ५० हजार नगदसहित सम्मान
स्वयंसेविकाको योगदान अमूल्य छ : नगरप्रमुख भट्ट

बिदाइ हुने स्वास्थ्य स्वयंसेविका तुलसी चौधरीले आफ्नो अनुभव बाँड्दै मातृ र शिशु मृत्युदर घटाउन योगदान पु¥याएको बताइन् । उनले भनिन्, ‘हामीले पैसा ठूलो कुरा होइन भनेर सेवा ग¥यौं । अब भूमिकामा नरहे पनि समाजलाई सहयोग गर्न सँधै तयार छौं ।’
स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, कैलाली जिल्लाका धेरै पालिकाहरूले उमेर तथा अन्य कारणले बिदाइ हुने स्वयंसेविकालाई नगदसहित सम्मान गर्ने प्रचलन थालेका छन् । गोदावरी नगरपालिकाले समेत हरेक वडाबाट उत्कृष्ठ कार्य गर्ने स्वयंसेविकाहरूलाई छनोट गरी सम्मान गर्दै आएको जानकारी दिए । कार्यक्रमको समापनमा नगरपालिकाले स्वयंसेविकाहरूको योगदानप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.