सरस्वती ग्रामिण विद्युत सहकारी वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २२ मंसिर : गोदावरी नगरपालिका–७ लालपुरमा रहेको सरस्वती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रघुसिंह ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टले यस क्षेत्रमा गौशाला निर्माणको काम अघि बढाइएको जानकारी दिए । केही संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि गौशालाका लागि बजेट बिनियोजन गरिएको बताए ।
उनले विकास निर्माणका कामबारे धारणा राख्दै भने, मुखले भन्ने र व्यवहारमा काम गर्नु फरक कुरा हो ।’ साथै, पालिकाभित्र अति आवश्यक योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी गराए ।
नगरप्रमुख भट्टले स्थानीयलाई आग्रह गर्दै भने, यस वडामा समाज विकासका लागि अति आवश्यक योजनाहरूको सूची बनाएर पालिकामा पेश गर्नुहोस् । पालिकाले सक्ने प्रयास गर्छ, प्रदेश र केन्द्रबाट सहयोग आवश्यक परेमा त्यो पनि गरिनेछ। तर, व्यक्तिगत लाभका लागि योजना ल्याउन उचित हुँदैन ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.