दृश्यमा सुदूरपश्चिम सार्वजनिक

अत्तरिया, २२ मंसिर : सुदूरपश्चिम प्रदेशको धनगढीमा एक कार्यक्रमका बीच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध सुदूरपश्चिमका लागि कला, संस्कृति र पर्यटनका विषयमा बक्ताहरुले आफ्नो धारणाहरु राखेका थिए । एभरेष्ट ग्यालरीले थालेको यो नविनतम अभियानलाई ऐक्यवद्धता जनाउँदै कार्यक्रमलाई निरन्तरता दिन जोड दिए ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको मुख्य प्रवर्धन साथै कैलाली उद्योग बाणिज्य संघ कैलालीले प्रवर्धन तथा जोरायल गाउँपालिका डोटीको विशेष सहयोगमा सञ्चालित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिलामन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेशसभा सदस्य शिवसिंह ओली, जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा, कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, विभिन्न सुरक्षा निकाय प्रतिनिधिहरु, सहायक प्रमुख जिल्ला अधिकारीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम निवासी लोकप्रिय कलाकार र मोडल तथा कार्यक्रम संयोजक सनम कठायतले एभरेष्ट ग्यालरीले थालनी गरेको सानो प्रयासलाई राष्ट्रिय अभियानको रूपमा स्थापना गर्न सहयोग गरिदिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आफुलाई अझै हौसला बढेको जानकारी दिए । साथै यसै वर्षबाट एभरेष्ट ग्यालरीले मुख्यमन्त्रीबाट प्रत्येक बर्ष एभरेष्ट प्रादेशिक सम्मान घोषणा गर्दै सुदूरपश्चिम प्रदेशमा सक्रिय रही पेशागत योगदान दिन सफल केही व्यक्तित्वलाई एभरेष्ट प्रादेशिक सम्मान प्रदान गरिएको छ ।
यो बर्ष एभरेष्ट साहित्य सम्मानबाट निर्मलकुमार भण्डारी, एभरेष्ट पर्यटन प्रवर्धन सम्मान खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया, एभरेष्ट देउडा रत्न सम्मान गायक भुवनप्रसाद दाहाल, एभरेष्ट पर्यटन सम्वर्धन सम्मान मायाप्रकाश भट्ट, पत्रकारिता सम्मान चित्राङ थापा, युवा समाजसेवी र उद्यमी सम्मान किरण मल्ल, शिक्षा तथा समाजसेवी सम्मान योगेन्द्र हमाल, कृषि उद्यमी सम्मान खड्क मल्ललाई दिइएको छ । त्यस्तै, युवा पर्यटन प्रचारप्रसार सम्मानबाट भरतविक्रम शाह सम्मानित भएका छन । सो कार्यक्रमको उदघोषण केपी कलौनीले गरेका थिए ।
सनम कठायत र पवित्रा शाखीको उत्कृष्ट भुमिका रहेको उक्त म्युजिक भिडियोमा गाउँपालिका अध्यक्ष स्वयं दुर्गा ओझालगायत कलाकारहरुको अभिनय रहेको छ । जोरायल गाउँपालिका र छिमेकी राष्ट्र भारतमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा दिपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन साथै जनक सिंहको निर्देशन रहेको छ । म्युजिक भिडियो विशाल सुनारको प्रस्तुति गरेका छन । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.